BIZMANDU
www.bizmandu.com

कृषि विकास बैंकमा १७९ वटा जागिर खुल्यो, प्लस टु पासले पनि आवेदन दिन सक्ने

२०८० जेठ १९

कृषि विकास बैंकमा १७९ वटा जागिर खुल्यो, प्लस टु पासले पनि आवेदन दिन सक्ने
कृषि विकास बैंकमा १७९ वटा जागिर खुल्यो, प्लस टु पासले पनि आवेदन दिन सक्ने


काठमाडौं। कृषि विकास बैंकले चारदेखि नौ तहसम्मका १७९ नयाँ कर्मचारी नियुक्त गर्ने भएको छ। बैंकमा जागिर खान इच्छुकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्।

Tata
GBIME

खुलातर्फ ९२, महिला २८, आदिबाशी जनजाति २७, मधेसी १७, दलित ९, अपाङ्ग २ र पिछडिएको क्षेत्रका ४ जना कर्मचारी नियुक्त गर्न लागेको हो।

नौ तहको बरिष्ठ शाखा प्रमुख एक जना महिला राख्न खोजेको छ। ८ तहको शाखा प्रमुखमा चार जना राख्न खोजेको छ। ७ तहको बरिष्ठ लेखा अधिकृत  ६ जना, बरिष्ठ इन्जिनियर  एक जना, व्यवसाय अधिकृत ३८ जना राख्न खोजेको छ।

यसबाहेक व्यवस्थापन सुचना प्रणाली अधिकृतमा तीन जना, कानुन अधिकृतमा २ जना, इन्जिनियर आइटीमा एक जना, कर्जा अधिकृत ९ जना राख्न खोजेको छ।

बैंकले पाँच तहको व्यवसाय सहायक पदमा ३६ जना, ऋण सहायकमा ६ जना र चार तहको लेखापालमा ७२ जना कर्मचारी राख्न खोजेको छ।

आवेदन दिँदा लाग्ने शुल्क अनलाइनबाटै भुक्तानी गर्न मिल्ने छ। प्लस्टु पढेका देखि स्नातकोत्तरसम्म गरेकाहरुले आवेदन दिन सक्ने छन्।