BIZMANDU
www.bizmandu.com

नबिल बैंकले एकैपटक ३८ वटा नयाँ शाखा संचालनमा ल्यायो, शाखा सञ्‍जाल २५५ पुग्‍यो

२०८० जेठ १८

नबिल बैंकले एकैपटक ३८ वटा नयाँ शाखा संचालनमा ल्यायो, शाखा सञ्‍जाल २५५ पुग्‍यो
नबिल बैंकले एकैपटक ३८ वटा नयाँ शाखा संचालनमा ल्यायो, शाखा सञ्‍जाल २५५ पुग्‍यो

काठमाडौं। नबिल बैंकले एक साथ ३८ नयाँ शाखा संचालनमा ल्याएको छ। स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीयस्तरमा एक विशेष कार्यक्रम गरी देशैभरका ३८ नयाँ शाखाको उद्‍घाटन गरेको हो।

Tata
GBIME

‘नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैसाथ ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ।

३८ नयाँ शाखामध्ये सबैभन्दा बढी वाग्मती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्‍चालनमा ल्याइएको छ। त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्‍चिम प्रदेशमा दुईवटा नयाँ शाखा सञ्चालनको लागि उद्‍घाटन गरेको हो।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठवटा र बैंकका संचालक निर्वाण चौधरीले आठवटा शाखाहरु उद्घाटन गरेका छन्। त्यसैगरी बैंकका संचालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक संचालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७/७ वटा शाखाको उद्घाटन गरेका हुन्।

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ।