BIZMANDU
www.bizmandu.com

सुनको भाउले आजपनि रेकर्ड राख्यो, तोलामा ५ सयले वृद्धि, कति पुग्यो मूल्य?

२०८० जेठ १८

सुनको भाउले आजपनि रेकर्ड राख्यो, तोलामा ५ सयले वृद्धि, कति पुग्यो मूल्य?
सुनको भाउले आजपनि रेकर्ड राख्यो, तोलामा ५ सयले वृद्धि, कति पुग्यो मूल्य?


काठमाडौं । सुनको मूल्यले आजपनि रेकर्ड कायम गरेको छ।

Tata
GBIME
NLIC

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

यसअघि बुधबार हालसम्मकै उच्च मूल्य तोलाको एक लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि केही बढेको छ। बुधबार तोलाको १४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै १४ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भैरहेको महासंघले जनाएको छ। सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको बजेटमा कर बढाएका कारण सुनको मूल्य बढेको हो।