BIZMANDU
www.bizmandu.com

प्रचण्ड र मोदीबीच द्विपक्षीय वार्ता, हैदरावाद हाउसमा छलफलमा जुटे प्रतिनिधिमण्डल

२०८० जेठ १८

प्रचण्ड र मोदीबीच द्विपक्षीय वार्ता, हैदरावाद हाउसमा छलफलमा जुटे प्रतिनिधिमण्डल
प्रचण्ड र मोदीबीच द्विपक्षीय वार्ता, हैदरावाद हाउसमा छलफलमा जुटे प्रतिनिधिमण्डल


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भइरहेको छ। नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच छलफल भइरहेको हो।

Tata
GBIME
NLIC

छलफलमा दुवै देशका प्रतिनिधिमण्डलको उपस्थिति छ। द्विपक्षीय रुपमा आर्थिक, उर्जा, कनेक्टिभिटी र व्यापारको मुद्दाबारे छलफल हुने बताइएको छ। आजै दुई प्रधानमन्त्रीको बैठक पछि रोकिएका आयोजना पुन: सुरु गर्ने, नयाँ आयोजनाहरु संचालन गर्ने लगायतका बारेमा सम्झौता हुने जनाइएको छ।

आजै मोदी र प्रचण्डले संयुक्त पत्रकार सम्मेलनसमेत गर्नेछन्।