BIZMANDU
www.bizmandu.com

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त, राजस्व विभागका अनुभवी

२०८० जेठ १७

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त, राजस्व विभागका अनुभवी
भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त, राजस्व विभागका अनुभवी

काठमाडौं। भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल नियुक्त भएका छन्। अर्थ मन्त्रालयले आजै उनलाई नियुक्त गरेको हो।

Tata
GBIME
Nepal Life

यसअघि भन्सार महानिर्देशक चक्रबहादुर बुढा थिए। करिब दुई साता अघिमात्र बुढा सरुवा भएका हुन्।

बजेटअघि मात्रै पौडेल खानेपानी मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भएका हुन्। पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकको कार्यभार सम्हालिसकेको अनुभव छ।