BIZMANDU
www.bizmandu.com

करको दायरा कसिलो पारिने व्यवस्थाले ठुला सेयर लगानीकर्ता तनावमा, आन्दोलन गर्ने चेतावनी

२०८० जेठ १७

करको दायरा कसिलो पारिने व्यवस्थाले ठुला सेयर लगानीकर्ता तनावमा, आन्दोलन गर्ने चेतावनी
करको दायरा कसिलो पारिने व्यवस्थाले ठुला सेयर लगानीकर्ता तनावमा, आन्दोलन गर्ने चेतावनी

काठमाडौं। व्यवसायिक रुपमा सेयर कारोबार गरेका लगानीकर्ताहरुलाई करको दायरामा ल्याउने व्यवस्था सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गरेपछि ठुला लगानीकर्ता तनावमा छन्।

Tata
GBIME
Nepal Life

आजसम्म फर्म वा कम्पनीबाहेक व्यक्तिमार्फत गरिएको सेयर कारोबार व्यवसायको रुपमा नभएकाले करको दायरामा जानु नपर्ने तर्क उनीहरुको छ। सरकारले करको दायरामा ल्याउने व्यवस्था बजेट वक्तव्यमा प्रष्ट पारेपछि भन्दै ठुला लगानीकर्ताले संयुक्त प्रेस विज्ञप्ति निकालेका छन्।

लगानीकर्ताहरुबाट भुक्तानी हुने पुँजीगत लाभकरलाई नै अन्तिम कर कायम गर्न माग गरिएको छ। सो माग सम्बोधन नभए सेयर बजारमा लगानी गर्ने लाखौं लगानीकर्ता आन्दोलनमा उत्रिने चेतावनी पनि विज्ञप्तिमा छ।

बजेटमार्फत सरकारले ठुला लगानीकर्ताहरुलाई करको दायरामा ल्याउने व्यवस्थामा असहमति राख्ने विभिन्न लगानीकर्ताहरुसँगै उनीहरुका संघसंस्थाहरु छन्।  

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बजेटले गरेको व्यवस्था पुँजीबजारको हित प्रतिकूल भएको जनाएका छन्।

संयुक्त विज्ञप्ति जारी गर्ने मध्य पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल हुन्। उनी सेयर बजारमा व्यवसायिक रुपले नै कारोबार गर्ने लगानीकर्ता हुन्। यस्तै सेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुल्लेल हुन् भने नेपाल इन्भेष्टर फोरका अध्यक्ष तुलसीराम ढकाल हुन्।

उनीहरुले व्यवसायीक रुपमा सेयर कारोबार नहुने गरेको भन्दै लगानीकर्ताहरुबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकरलाई नै अन्तीम कर कायम गर्न माग गरेका हुन्।

अर्थ मन्त्री रामशरण महतका अनुसार बजेटमा उल्लेख गरिएको करको दायरामा सबै लगानीकर्ता पर्दैनन्। जसले नियमित रुपमा कारोबार गरेर करोडौ रुपैयाँ सेयर बजारबाट उठाउँछ त्यस्ता ठुला लगानीकर्ता मात्र यस दनयरामा पर्छन। सामान्य लगानीकर्ताहरुलाई  यो करको दायरा लाग्दैन।