BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री डा. महतले भने, ‘सेयरमा चलखेल गर्नेहरुले ५०/६० लाख लगानीकर्ता खत्तम भन्दै प्रचार गरे’

२०८० जेठ १७

अर्थमन्त्री डा. महतले भने, ‘सेयरमा चलखेल गर्नेहरुले ५०/६० लाख लगानीकर्ता खत्तम भन्दै प्रचार गरे’
अर्थमन्त्री डा. महतले भने, ‘सेयरमा चलखेल गर्नेहरुले ५०/६० लाख लगानीकर्ता खत्तम भन्दै प्रचार गरे’


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा उल्लेख भएको विषय बारे नबुझी सरकारको नीतिले ५०/६० लाख लगानीकर्ताहरु खत्तम भए भन्दै प्रचार गरिएको बताएका छन्।

Tata
GBIME
NLIC

नेपाल आर्थिक पत्रकार समाजले बुधबार राजधानीमा आयोजनाको गरेको बजेट छलफल कार्यक्रममा बोल्दै मन्त्री महतले  व्यवसायकै रुपमा नियमित कारोबार गर्नेलाई कर लाग्ने बताए। ‘यो नियमित व्यवसाय गर्नलाई लाग्ने हो। जसले यसैबाट करोडौं रुपैयाँ कमाउँछन्। सामान्य लगानीकर्ताहरुलाई लाग्दैन,’ उनले भने,’ यो करले ९९.९ प्रतिशतलाई छुँदैन।’

उनका अनुसार कुनै नागरिकले जागिर  गरेर ५-६ लाख रुपैयाँ वर्षमा आम्दानी गर्छ भने कर तिर्नुपर्छ। तर सेयर बजारबाट करोडौं कमाउनेले तिर्नुपर्दैनथ्यो। अब त्यस्तोलाई कर लाग्ने उनले बताए। ‘बैंकमा बचत गर्नुभन्दा लगानी गर्छु। अलिकति सेयर किन्छु,बेच्छु भन्नेलाई लाग्दैन,’ उनले भने,’म्यासिभ रुपमा लगानी गरेर बजार नै तल र माथि बनाउनेलाई लाग्ने हो। बजारलाई तल लगेर किन्ने र माथि पुर्‍याएर बेच्छन्। उनीहरुका लागि हो।’

निहित स्वार्थ भएको समूहले ५०/६० लाख लगानीकर्ता डुब्न लागे भन्दै हल्ला गरेको बताए। ‘यहाँ त इमान्दार हुन पनि जोखिम देखिएको छ। इमान्दारपूर्वक काम गरेको छु,’ उनले भने,’ कुनै स्वार्थ छैन। राजस्व बढाउनुपर्छ। स्वार्थ हुनेहरुले खेल्न खोजेका हुन्।’

अर्थमन्त्री महतले कति कारोबार गर्नेलाई करको दायरामा ल्याउन लागिएको हो भनेर त्यसको परिभाषा हुनेछन्। उनले चलखेल गर्न खोज्नेको रुवाबासी समेत भएको बताए।