BIZMANDU
www.bizmandu.com

महोत्तरीमा हतियार देखाएर एनएमबि बैंकको शाखा नै लुटियो, दिउँसै छिरेर लुटपाट

२०८० जेठ १६

महोत्तरीमा हतियार देखाएर एनएमबि बैंकको शाखा नै लुटियो, दिउँसै छिरेर लुटपाट
महोत्तरीमा हतियार देखाएर एनएमबि बैंकको शाखा नै लुटियो, दिउँसै छिरेर लुटपाट


काठमाडौं। महोत्तरीमा एउटा बैंकको शाखामा लुटपाट भएको छ। हातहतियारसहितको समूहले महोत्तरी गाउँपालिका-२ मा रहेको एनएमबि बैंकको शाखामा लुटपाट गरेको हो।

Tata
GBIME
NLIC

प्रहरीको प्रारम्भिक अनुसन्धानमा ५/६ जना रहेकाको समूहले बैंकमा रहेको ३८ लाख रुपैयाँ लुटेर फरार रहेको खुलेको छ। मंगलबार दिनको साढे १२ बजेतिर नकाबधारी समूह बैंक छिरेको थियो।

‘बैंकले दिएको जानकारी अनुसार ३८ लाख रुपैयाँ लिएर फरार भएको भनिएको छ। हामी थप अनुसन्धान गरिरहेका छौं,’ मधेश प्रहरी प्रदेशका एसएसपी महेन्द्रकुमार श्रेष्ठले भने।

बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटेपछि उनीहरु मोटरसाइकल चढेर भागेका थिए। प्रहरीले अहिले भारतीय सीमा नाकादेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ। प्रदेश प्रहरी कार्यालयबाट एसएसपी सहितको टोली घटनास्थल पुगेको छ।