BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, १२१ रुपैयाँमै पाइने

२०८० जेठ १६

कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, १२१ रुपैयाँमै पाइने
कुमारी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, १२१ रुपैयाँमै पाइने


काठमाडौं। कुमारी बैंकको ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ। सेयर सिलबन्दी बोलकबोलमार्फत बिक्री गर्दैछ।

Tata
GBIME
NLIC

खरिद गर्न इच्छुक जो कोहीले सेयरमा आवेदन दिन सक्नेछन्। व्यक्ति, संस्था र विद्यमान संस्थापकहरुलाई पनि खरिदका लागि बोलकबोल पेस गर्न बैंकले आग्रह गरेको छ।

बैंकले सेयरको न्यूनतम मूल्य १२१ रुपैयाँ तय गरेको छ। उक्त मूल्यभन्दा कम राखेर आवेदन दिन पाइदैन।

यस्तै खरिद गर्न चाहनेले कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्छ। अधिकतम सबै कित्ता किन्न पाइन्छ।

बोलपत्र जेठ १६ गते देखि पेस गर्न मिल्ने बैंकले जनाएको छ। जेठ २२ गते अन्तिम म्याद हो।