BIZMANDU
www.bizmandu.com

आदर्श लघुवित्तलाई प्राप्ति गरेको डिप्रोक्सले असार १ बाट संयुक्त कारोबार गर्ने

२०८० जेठ १६

आदर्श लघुवित्तलाई प्राप्ति गरेको डिप्रोक्सले असार १ बाट संयुक्त कारोबार गर्ने
आदर्श लघुवित्तलाई प्राप्ति गरेको डिप्रोक्सले असार १ बाट संयुक्त कारोबार गर्ने

काठमाडौं। आदर्श लघुवित्तलाई प्राप्ति गरेको डिप्रोक्स लघुवित्तले असार १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।डिप्रोक्सकै नामबाट संयुक्त व्यवसाय थाल्ने भएको हो।

Tata
GBIME

डिप्रोक्स लघुवित्तले आदर्शलाई बराबरी हैसीयतमै प्रप्ति गरेको हो। डिप्रोक्सको केन्द्रिय कार्यालय भरतपुरमा छ। कुल ७१ वटा जिल्लामार्फत सेवा दिइरहेको छ। 

त्यहि आदर्श लघुवित्त बनेपा कार्यलय भएको संस्था हो। लघुवित्तका कुल १३ वटा शाखा बागमती प्रदेशमै मात्र छन्। कम्पनीले पोहोर आइपीओ जारी गरी दोस्रो बजारमा सूचीकृत भएको थियो।

डिप्रोक्स लघुवित्तले यसअघि धादिङस्थित नादेप लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता गरेको थियो। तर, सेयर अनुपात र कर्मचारी संरचनामा उत्पन्न भएको असहमतिपछि कम्पनीहरू मर्जर सम्झौताबाट पछि हटेका थिए।

१ अर्ब ५२ करोड चुक्ता पुँजी भएको डिप्रोक्सले २ करोड २८ लाख चुक्ता पुँजी भएको आदर्श लघुवित्तलाई प्राप्ति गरेको हो।