BIZMANDU
www.bizmandu.com

पहिलो पटक ‘लक्जरी कर’ सुरुवात, तारे होटल महँगो बन्यो, विदेश घुम्‍नेलाई ५ प्रतिशत कर

२०८० जेठ १५

पहिलो पटक ‘लक्जरी कर’ सुरुवात, तारे होटल महँगो बन्यो, विदेश घुम्‍नेलाई ५ प्रतिशत कर
पहिलो पटक ‘लक्जरी कर’ सुरुवात, तारे होटल महँगो बन्यो, विदेश घुम्‍नेलाई ५ प्रतिशत कर


काठमाडौं। सरकारले पहिलोपटक ‘लक्जरी कर’ को सुरुवात गरेको छ। सरकारले चार र पाँचतारे होटलमा बस्‍ने र सेवा लिनेहरुबाट थप २ प्रतिशत लक्जरी कर उठाउने भएको छ।

Tata
GBIME
NLIC

अब २ प्रतिशत कर जोडेपछि त्यसमा १३ प्रतिशत भ्याट लाग्ने छ। यसो हुँदा होटल क्षेत्रको सेवा महँगिने छ। 

लक्जरी करले १० लाख रुपैयाँको हिरा, मोती जवरात जडित सुनचाँदीलगायतमा पनि लाग्ने छ। विदेशबाट आयात हुने मदिरामा पनि लक्जरी कर लाग्ने छ।

यसबाहेक विदेश घुम्‍न जानेहरुलाई पनि कर लगाएको छ। अब विदेश घुम्‍न जानेहरुले ५ प्रतिशत अतिरिक्त कर बुझाउनुपर्ने छ। विदेश पढ्न जानेहरुले २ प्रतिशत कर तिर्नुपर्नेमा अब तीन प्रतिशत तिर्नुपर्ने छ।

वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीहरुले पनि कर बढेको छ। उनीहरुले कामदार पठाउँदा असुल्ने रकमको एक प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने हुन्छ।