BIZMANDU
www.bizmandu.com

लघुवित्तलाई बैंकिङ पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने

२०८० जेठ १५

लघुवित्तलाई बैंकिङ पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने
लघुवित्तलाई बैंकिङ पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने

काठमाडौं। लघुवित्त वित्तीय संस्थाहरूलाई बैंकिङ पहुँच नभएका दुर्गम तथा ग्रामीण क्षेत्रमा परिचालन गरिने भएको छ।

Tata
GBIME

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैंकिङको अवधारणाअनुरूप काम गर्ने गरी ग्रामीण क्षेत्रमा परिचालन गरिने बताए।

त्यस्तै, लघुवित्त वित्तीय संस्थालाई विशिष्टिकृत प्रादेशिक वित्तीय संस्थाको रूपमा अगाडी बढाइने समेत उनले बताए।

साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत मुलुकका सबै स्थानीय तहमा क्रमशः साना किसान उद्यम विकास कार्यक्रम सञ्चालन गरिने बताइएको छ।