BIZMANDU
www.bizmandu.com

अर्थमन्त्री हुँदा दाइले सुरु गरेको कार्यक्रम भाइले काटे, कृषिको ब्याज अनुदानको मापदण्ड फेरिने

२०८० जेठ १५

अर्थमन्त्री हुँदा दाइले सुरु गरेको कार्यक्रम भाइले काटे, कृषिको ब्याज अनुदानको मापदण्ड फेरिने
अर्थमन्त्री हुँदा दाइले सुरु गरेको कार्यक्रम भाइले काटे, कृषिको ब्याज अनुदानको मापदण्ड फेरिने

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषिको ब्याज अनुदान कार्यक्रमलाई पुनरावलोकन गरेका छन्। सोमबार संसदमा बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको ब्याज अनुदान कार्यक्रम पुनरावलोकन गरेका हुन्।

Tata
GBIME
Nepal Life

यो कार्यक्रम अन्तर्गत चैत मसान्तसम्म ६१ हजार २ सय ऋणीले एक खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ कर्जा चलाएका छन्। यो कर्जामा ५ प्रतिशत ब्याज सरकारले तिरिदिँदै आएको थियो।

कृषि कर्जा ब्याज अनुदान कार्यक्रम अर्थमन्त्री महतका दाइ डा. रामशरण महत अर्थमन्त्री हुँदा सञ्चालनमा ल्याइएको थियो। नयाँ मापदण्ड र कार्यविधि साउनभित्र निर्माण गरिने छ। अर्थमन्त्रीले उत्पादनका आधारमा ब्याज अनुदान दिने घोषणा गरेका छन्।

कृषि ब्याज अनुदानको ब्याक दुरुपयोग हुँदै आएको थियो। नेपाल राष्ट्र बैंकले पनि यो कर्जाको उपयोगिता जाँच्न स्वतन्त्र लेखापरीक्षकमार्फत लेखापरीक्षण सुरु गरिसकेको थियो।