काठमाडौं। दोधारा चादनीमा निर्माण हुने सुख्खा बन्दरगाह र एकीकृत भन्सार जाँच चौकी निर्माण सुचारु हुने भएको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै उक्त आयोजनाको काम आगामी वर्षमा सुचारु गरिने बताए।
यसमा बन्दरगाह, एकीकृत जाँच चौकी, कन्टेनर यार्ड र प्रयोगशालाको स्तरोन्नती पनि गरिने उनले बताए।
यसैगरी नेपालगंजको भन्सार जाँच चौकी लगायतका अन्य सुख्खा बन्दरगाहहरु संचालनमा ल्याइने महतले बताए।