BIZMANDU
www.bizmandu.com

के आधारमा रेशम चौधरीलाई आममाफी दिए राष्ट्रपति रामचन्द्र पौडेलले?

२०८० जेठ १४

के आधारमा रेशम चौधरीलाई आममाफी दिए राष्ट्रपति रामचन्द्र पौडेलले?
के आधारमा रेशम चौधरीलाई आममाफी दिए राष्ट्रपति रामचन्द्र पौडेलले?


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद माफी गरेका छन्। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई आममाफी दिने गरी सिफारिस गरेको थियो।

Tata
GBIME

संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। टीकापुर घटनामा मृत्यु भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा निवेदन दिएकी थिइन्। उक्त निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा कार्यार्थ पठाएका थिए। बिहीबार चौधरीलाई आममाफी नदिन राष्ट्रपति कार्यालयमा बोहराको निवेदन परेको थियो।

राष्ट्रपति कार्यालयले त्यसपछि गृहले पठाएको सजायमाफीको निवेदन गृहमै पठाएको थियो। कानुनअनुसार गर्नु भन्दै पत्र पठाएसँगै सजाय माफीको बाटो खुलेको थियो। राष्ट्रपति कार्यालयले जारी गरेको आममाफीको विज्ञप्तिमा रेशमको नाम उल्लेख छैन।

गणतन्त्र दिवस, २०८० को अवसरमा माफी भएको हो। टीकापुर घटनामा संलग्न भएको आरोपमा उच्च अदालतको जन्म कैदको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो।