BIZMANDU
www.bizmandu.com

विद्युत उत्पादन २१.७ प्रतिशतले बढ्यो, आगामी वर्ष ७५४ मेगावाट प्रणालीमा थपिने

२०८० जेठ १४

विद्युत उत्पादन २१.७ प्रतिशतले बढ्यो, आगामी वर्ष  ७५४ मेगावाट प्रणालीमा थपिने
विद्युत उत्पादन २१.७ प्रतिशतले बढ्यो, आगामी वर्ष ७५४ मेगावाट प्रणालीमा थपिने


काठमाडौं। विद्युत उत्पादन २१.७ प्रतिशतले बढेर जडित क्षमता २६६६ मेगावाट पुगेको छ। चालु आर्थिक वर्ष (२०७९/८०)को आर्थिक सर्वेक्षण अनुसार २०७९ असारको कुल जडित क्षमता २१९० मेगावाट थियो।

Tata
GBIME
NLIC

२०७९ फागुनसम्म ९५ प्रतिशतको पहुँचमा विद्युत पुगेको छ। सरकारले आगामी दुई वर्षमा शतप्रतिशतको पहुँचमा विद्युत पुर्‍याउन लक्ष्य लिएको छ। २०७९ असारमा ९४ प्रतिशतको पहुँचमा विद्युत थियो।

चालु वर्ष ५७ वटा जलविद्युत आयोजना सम्पन्न भएर ८११ मेगावाट विद्युत प्रणालीमा थपिने अनुमान छ। आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न हुने ३६ वटा आयोजनाबाट थप ७५४ मेगावाट जलविद्युत उत्पादन हुने अनुमान छ।

.५ प्रतिशतमा नवीकरणीय ऊर्जा

७.५ प्रतिशत जनसंख्या नवीकरणीय ऊर्जा स्रोतको पहुँचमा रहेको पाइएको छ। आर्थिक सर्वेक्षण २०७९/०८० ले गत वर्षभन्दा ०.६ प्रतिशत बढेको हो। गतवर्ष नवीकरणीय ऊर्जाको स्रोतसम्म ६.९ प्रतिशतको पहुँच थियो।

३६ प्रतिशतले वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना आयोजनाबाट उत्पादित १७४८ किलोवाट थियो। चालु वर्षको फागुनसम्म ३८२.५ किलोवाट थप भएको छ। सौर्य तथा वायु ऊर्जाबाट ८६७ किलोवाट उत्पादन भएको छ।