BIZMANDU
www.bizmandu.com

एफएनसीसीआइले २ दिने रोजगार मेला आयोजना गर्दै, १०० भन्दा बढी कम्पनीले भाग लिने

२०८० जेठ १२

एफएनसीसीआइले २ दिने रोजगार मेला आयोजना गर्दै, १०० भन्दा बढी कम्पनीले भाग लिने
एफएनसीसीआइले २ दिने रोजगार मेला आयोजना गर्दै, १०० भन्दा बढी कम्पनीले भाग लिने

काठमाडौंमा। नेपाल उद्योग वाणिज्य महासंघले २ दिने रोजगार मेला आयोजना गर्ने भएको छ। जेठ १६ र १७ गते महासंघको सचिवालय टेकुमा आयोजना गर्न लागेको बताइएको छ।

Tata
GBIME

रोजगार मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठनको सहयोगमा आयोजना हुन लागेको महासंघले जनाएको छ।

रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहने छ। मेलामा काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य संघको सहकार्य रहेको छ।

कामको खोजीमा रहेका युवाहरुलाई प्रमुख कम्पनीहरुमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरुको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना हुन लागेको महासंघले जनाएको छ।

रोजगार मेलामा १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहने छ। मेलामा कामको खोजीमा रहेका ५ हजार भन्दा बढी युवाहरुले अवलोकन गर्ने महासंघको अनुमान छ।

कार्यक्रममा रोजगारी, सीप तथा जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरु समेत आयोजना हुने बताइएको छ।