BIZMANDU
www.bizmandu.com

एनसेलको ९७० बाट सुरु हुने नयाँ नम्बरमा पनि अन्य नम्बरमा जस्तै सेवाहरु चल्ने

२०८० जेठ १२

एनसेलको ९७० बाट सुरु हुने नयाँ नम्बरमा पनि अन्य नम्बरमा जस्तै सेवाहरु चल्ने
एनसेलको ९७० बाट सुरु हुने नयाँ नम्बरमा पनि अन्य नम्बरमा जस्तै सेवाहरु चल्ने

काठमाडौं। एनसेलले ९७० बाट सुरु हुने नयाँ मोबाइल नम्बरमा पनि अरु मोबाइल नम्बरमा जस्तै सेवाहरु चल्ने गरी सहजीकरण गर्न आग्रह गरेको छ।

Tata
GBIME

नयाँ मोबाइल नम्बर लिएका ग्राहकहरुले ओटीपी नआएको, मोबाइल एप र वेबमा आधारित सेवाहरु लिनका लागि साइन अप गर्दा समस्या भएको, वालेटबाट कारोबार गर्दा कठिनाइ भएको गुनासो गरेका थिए।

उक्त गुनासोलाई सम्बोधन गर्दै एनसेलले ९७० देखि सुरु हुने नयाँ मोबाइल नम्बरलाई पनि अन्य नम्बरसरह आफ्नो सिस्टमा चल्ने बनाउँदै सेवाहरु खोल्न, मोबाइल नम्बर प्रयोग गर्न सेवाग्राहीहरुलाई आग्रह गरेको छ।

एनसेलले उक्त नयाँ नम्बरका साथ आगामी दिनमा थप सुविधा र अझै विस्तार सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।