BIZMANDU
www.bizmandu.com

प्रधानमन्त्रीले प्रतिनिधिसभामा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी

२०८० जेठ १२

प्रधानमन्त्रीले प्रतिनिधिसभामा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी
प्रधानमन्त्रीले प्रतिनिधिसभामा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी

काठमाडौं। प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिने भएका छन्। प्रधानमन्त्रीले जवाफ दिएपछि आजै सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची छ।

Tata
GBIME
Nepal Life

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा जेठ ५ गते प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। त्यसपछि प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

आजकै बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई सभामा निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि सभामुख देवराज घिमिरेले सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई पारित गर्न बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।

नीति तथा कार्यक्रम पारित भएपछि संवैधानिक व्यवस्था बमोजिम सरकारले जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने छ।