BIZMANDU
www.bizmandu.com

सामसङले पुल्चोक क्याम्पसमा सम्पन्‍न गर्‍यो सीपमूलक कोर्स, अर्को ब्याचलाई एआइको तालिम

२०८० जेठ १२

सामसङले पुल्चोक क्याम्पसमा सम्पन्‍न गर्‍यो सीपमूलक कोर्स, अर्को ब्याचलाई एआइको तालिम
सामसङले पुल्चोक क्याम्पसमा सम्पन्‍न गर्‍यो सीपमूलक कोर्स, अर्को ब्याचलाई एआइको तालिम


काठमाडौं। सामसङको फ्ल्यागशिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङ कोर्स सम्पन्न गरेको छ।

Tata
GBIME
NLIC

प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्ने कम्पनीले जनाएको छ।

‘विद्यार्थीहरूको उल्लेख्य सहभागिता र विश्वविद्यालयबाट ठूलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा हामी धेरै उत्साहित छौं। त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डेटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनका लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौं,’ सामसङ दक्षिण पश्चिम एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले भने।

सामसङले सन् २०२२ को डिसेम्बरमा पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्‍घाटन गरेको थियो। यस कार्यक्रमअन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स, बिग डेटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना सुरु गरेको थियो।

कोर्सको एक भागको रूपमा युवाहरूलाई वास्तविक रोजगारीको सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिने छ, जसले उनीहरूको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउने कम्पनीले जनाएको छ।

‘नेपालमा यो प्रतिष्ठित कोर्स सञ्चालन गर्न पाउँदा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ खुसी छ। हाम्रा विद्यार्थीका लागि यो सहायक हुनेछ। हामीले कोडिङ र प्रोग्रामिङ कोर्स पूरा गर्‍यौं जसको लागि हामी निकै आभारी छौं। त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङमा यो कोर्स सञ्चालन गरेकोमा सामसङलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं,’ त्रिवि इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधरराम जोशीले भने।

इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गत प्रस्तावित कोर्सहरूको एक भागको रूपमा, विद्यार्थीहरूले प्राक्टिकल प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नु पर्नेछ। यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका प्रोजेक्टहरू प्रस्तुत गर्न चुनौती दिइनेछ, जसमा एआई, बिग डेटा, कोडिङ, प्रोग्रामिङ र आइओटीको भूमिका रहने बताइएको छ।

सामसङ इनोभेसन क्याम्पस, जुन सामसङको ‘टुगेदर फर टुमरो !’ को ग्लोबल सीएसआर भिजनको हिस्सा हो। यो सन् २०१९ मा सुरु भएको सामसङले जनाएको छ। मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम दिने र उनीहरूलाई अर्को पुस्ताको दरिलो बन्नका लागि तयार बनाउने बताइएको छ।