BIZMANDU
www.bizmandu.com

युनाइटेड र अजोड इन्स्योरेन्सको भोलि एकदिन सिस्टम बन्द हुने, १४ गतेदेखि एकीकृत कारोबार सुरु

२०८० जेठ ११

युनाइटेड र अजोड इन्स्योरेन्सको भोलि एकदिन सिस्टम बन्द हुने, १४ गतेदेखि एकीकृत कारोबार सुरु
युनाइटेड र अजोड इन्स्योरेन्सको भोलि एकदिन सिस्टम बन्द हुने, १४ गतेदेखि एकीकृत कारोबार सुरु

काठमाडौं। मर्जर प्रक्रिया पुरा गरी एकीकृत कारोबार गर्न लागेका युनाइटेड  र अजोड इन्स्योरेन्स कम्पनीको सफ्टवेयर सिस्टम एक दिनको लागि बन्द हुने भएको छ। कम्पनीहरुले ‘डेटा माइग्रेसन’ प्रयोजनको लागि जेठ १२ गते शुक्रबार उक्त सिस्टम बन्द गर्न लागेको जनाएका छन्।

Tata
GBIME
Nepal Life

सो अवधिमा कम्पनीका सम्पूर्ण कार्यालयहरुबाट प्रदान गर्दै आइरहेको सेवाहरु बन्द हुने बताइएको छ।

यी दुई कम्पनीले आइतबारदेखि एकीकृत कारोबार गर्न लागेका हुन्। जेठ ९ गते धितोपत्र बोर्डबाट मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेसँगै एकीकृत कारोबारको लागि मिति तय गरेका हुन्। दुई कम्पनीले गत पुष २७ गते मर्जरको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रहने छ। कम्पनीको प्रधान कार्यालय सिटिसी मलमा हुने कम्पनीले जनाएको छ।

आइतबारदेखि युनाइटेड र अजोड इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने भएको छ।

दुई कम्पनी स्वाप रेसियो १:८२.५ अनुपातमा मर्ज भएका हुन्। युनाइटेड अजोड इन्स्योरेन्सको अध्यक्षमा अजोड इन्स्योरेन्सका अध्यक्ष अजाद श्रेष्ठ रहने छन् भने श्रवण रावल प्रमुख कार्यकारी अधिकृत हुनेछ।