BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदीको भाउमा पनि गिरावट, तोलाको कति पर्छ?

२०८० जेठ ११

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदीको भाउमा पनि गिरावट, तोलाको कति पर्छ?
सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदीको भाउमा पनि गिरावट, तोलाको कति पर्छ?

काठमाडौं। सुनको मूल्य क्रमिक ओरालो लागेको छ। बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुन तोलामा ६ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य चार दिनदेखि घटिरहेको छ। बिहीबार तोलामा १० रुपैयाँले घट्दै प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार मूल्य तय भएको छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस १९५८.२३ अमेरिकी डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस २३.०७ डलरमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतिऔंस १९७८.२२ डलर र चाँदी प्रतिऔंस २३.४६ डलर थियो।