BIZMANDU
www.bizmandu.com

हिरोले एक्सपल्स २०० फोर भी अपडेटेड भर्सनमा ल्यायो, नयाँ मापदण्डमा आधारित इन्जिन

२०८० जेठ ११

हिरोले एक्सपल्स २०० फोर भी अपडेटेड भर्सनमा ल्यायो, नयाँ मापदण्डमा आधारित इन्जिन
हिरोले एक्सपल्स २०० फोर भी अपडेटेड भर्सनमा ल्यायो, नयाँ मापदण्डमा आधारित इन्जिन

काठमाडौं। हिरो मोटोकर्पले भारतको नयाँ मापदण्ड बीएस ६ फेज- टु मा आधिरित इन्जिनमा एक्सपल्स २०० फोरभीलाई अपडेटेड भर्सनमा ल्याएको छ।

Tata
GBIME
Nepal Life

भारत सरकारले प्रदुषणको स्तर बढ्दै गएको भन्दै यसका लागि सवारी उत्पादक कम्पनीहरुलाई त्यही अनुसार सवारीसाधान उत्पादन गर्न मापदण्ड सेट गरेको छ। त्यही अनुसार पछिल्लो समय सबै सवारी उत्पादक कम्पनीहरुले सरकारले सेट गरेको मापदण्डअनुसार आफ्ना सवारीहरुलाई अपडेटेड गर्दै आइहेका छन्।

त्यसैले हिरो मोटोकर्पले पनि आफ्नो सफल मोडल एक्सपल्स २०० फोर भीलाई अपडेटेड भर्सनमा ल्याएको जनाएको छ। यसमा अब मापदण्ड अनुसारको इन्जिन रहेको कम्पनीले जनाएको छ।

अब अपडेटेड भएर आउने इन्जिन २०० सीसी आयल कुल्ड हुनेछ भने यसमा अन-बोर्ड डाइग्नोष्टिक २ उपलब्ध हुनेछ। यसले इन्जिन कन्ट्रोल युनिट (ईसीयु) बाट डेटामा पहुँच प्रदान गर्दछ र बाइकभित्र देखिएका समस्या समाधान गर्दा जानकारी पनि प्रदान गर्दछ।

यसका साथै अब आउने एक्सपल्स २०० फोरभीमा भएको इन्जिनले २० प्रतिशत इथानोल भएको इन्धन पनि एडजष्ट गर्न सक्छ। यसको मतलब यसमा २० प्रतिशत इथानोल भएको इन्धन पनि प्रयोग गर्न सकिन्छ।

यसमा भएको इन्जिनले पहिलेको जस्तै १९.१ हर्सपावरका साथ १७.३५ एनएम टर्क उत्पादन गर्छ। यसमा अर्को नयाँ कुरा भनेको ३ वटा राइड मोडहरु उपलब्ध हुने कम्पनीले जनाएको छ। जसमा रोड, अफ रोड र र्याली मोडहरु छन्। यसमा सिंगल च्यानल एबीएस सिस्टम छ।

हिरोले पहिलेको तुलनामा खुट्टाको पेगहरू अब ३५ एमएम कम र ८ एमएम बढी रियर-सेट गरेको छ। जसले गर्दा राइडर र पछाडी बस्नेको लागि थप ठाउँ उपलब्ध हुन्छ। यस्तै युएसबी चार्जर ककपिट नजिकैको अधिक सुविधाजनक स्थानमा सारिएको छ।

यसमा नयाँ पुन: डिजाइन गरिएको एलईडी हेडलाइट समावेश छ जुन पहिलेको भन्दा उज्यालो छ। साथै ६० एमएम अग्लो विन्डस्क्रिन पनि दिइएको छ। यसमा नयाँ स्विचगियरहरू पनि छन् जुन पहिलेको भन्दा बढी प्रिमियम देखिन्छ र साथै ठूला ह्यान्ड गार्डहरू पुन: डिजाइन गरिएको छ।

यसको मूल्य भेरियन्ट अनुसार भारतमा भारु १ लाख ४४ हजारदेखि १ लाख ५४ हजार रुपैयाँ तोकिएको छ।