काठमाडौं। पाइप तथा फिटिङ्स उत्पादन गर्ने मार्भल टेक्नोप्लास्टले एकैवर्ष २ अर्ब रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। सन् २०११ देखि उत्पादन थालेको कम्पनीले २०२१/२२ मा २ अर्ब ४ करोड रुपैयाँको कारोबार गरेको छ।
कम्पनीले २०२२/२३ को पहिलो ६ महिनामा ७५ करोड ३२ लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। २०२०/२१ मा १ अर्ब ६१ करोड, २०१९/२० मा १ अर्ब ९ करोड र २०१८/१९ मा कम्पनीले १ अर्ब २६ करोडको व्यापार गरेको थियो।
पीभीसी, सीपीभीसी र एचडीपीइ पाइप उत्पादन गर्दै आएको कम्पनीमा चारजनाको सेयर स्वामित्व छ। आशा अग्रवालको ५८ प्रतिशत स्वामित्व रहँदा सन्दिपकुमार सन्चेतीको ४० प्रतिशत सेयर स्वामित्व छ।
कम्पनीले २०२१/२२ मा सीपीभीसी पाइप तथा फिटिङ्सको बिक्रीबाट ५२ प्रतिशत आम्दानी गरेको छ। कम्पनीले नेपालमा फ्लोगार्ड प्रविधिमार्फत लुब्रिजोल इन्डियाको एक्सक्लुसिभ अधिकारसहित मार्भल ब्राण्डमा पाइप उत्पादन गरिरहेको छ।
कम्पनीले ९० करोड रुपैयाँको बैंकिङ कर्जाका इक्रा नेपालले रेटिङ पुन:पुष्टि गरिदिएको छ। २४ करोड ७० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल ट्रिपल बी र ६५ करोड ३० लाख रुपैयाँको अल्पकालीन कर्जाका एनपी एथ्री प्लस रेटिङ पुन:पुष्टि गराएको छ।