BIZMANDU
www.bizmandu.com

कोरोना महामारीले थलिएको होटल क्राउन इम्पेरियलको बाउन्स ब्याक, साढे ६ करोड नाघ्यो व्यापार

२०८० जेठ १०

कोरोना महामारीले थलिएको होटल क्राउन इम्पेरियलको बाउन्स ब्याक, साढे ६ करोड नाघ्यो व्यापार
कोरोना महामारीले थलिएको होटल क्राउन इम्पेरियलको बाउन्स ब्याक, साढे ६ करोड नाघ्यो व्यापार


काठमाडौं। राजधानीको रविभवनमा रहेको होटल क्राउन इम्पेरियलको कारोबार एकै वर्ष २ करोड ३० लाखबाट बढेर ६ करोड ६० लाख रुपैयाँ पुगेको छ।

Tata
GBIME
NLIC

सन् २०२०/२१ मा २ करोड ३० लाख रुपैयाँको व्यापार गरेको होटलले २०२१/२२ मा ६ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो। २०१९/२० मा होटलले ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो।

१३१ कोठा रहेको होटल चारतारे स्तरको हो। होटल अर्किड होल्डिङ्स लिमिटेड नामको कम्पनीमार्फत संचालन भइरहेको छ। २००७ नोभेम्बर १३ मा प्राइभेट कम्पनीको रुपमा सुरु भएकोमा २०२२ जुलाई ११ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। होटलको क्षेत्रफल १७.९६ रोपनीमा फैलिएको छ।

कम्पनीले १ अर्ब रुपैयाँ बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ पाएको छ। ९५ करोड दीर्घकालीन कर्जाका लागि एनपी बी प्लस र ५ करोड रुपैयाँ अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ पाएको छ।

कम्पनीको प्रबन्ध निर्देशक सुधीरमान मास्के हुन्।