BIZMANDU
www.bizmandu.com

आइएमई पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाइने

२०८० जेठ ९

आइएमई पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाइने
आइएमई पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाइने

काठमाडौं। आइएमइ पेबाट हवाई टिकट काट्दा १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाइने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार यात्रुले यो योजनाअन्तर्गत वायुसेवा कम्पनीमार्फत ७५ रुपैयाँभन्दा बढी र आइएमई पेको ‘बोनस’ प्रोमोकोड मार्फत ५० रुपैयाँ गरी १२५ रुपैयाँभन्दा बढी क्यासब्याक पाउने जनाएको छ।

सोमबारबाट सुरु भएको यो योजना यात्रुले आउँदो असार ६ गतेसम्म पाउने छन्।

भुक्तानी सेवा प्रदायक आइएमई पे आइएमई समूहको डिजिटल वित्तीय सेवा प्रदायक अन्तर्गतको कम्पनी हो।

कम्पनीको यो सेवा  मार्फत रकम ट्रान्सफर, अनलाइन तथा स्थलगत स्टोरहमा क्युआर स्क्यान, मोबाईल रिचार्ज  लगायत सेवा रवाह गर्दै आएको छ।

कम्पनीमार्फत २० लाखभन्दा बढी ग्राहकले सेवा लिइरहेको बताइएको छ।