BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकका ग्राहकहरुले न्यूरोडको रन्जना सिनेप्लेक्समा ५ प्रतिशतसम्म छुट पाउने

२०८० जेठ ९

सिटिजन्स बैंकका ग्राहकहरुले न्यूरोडको रन्जना सिनेप्लेक्समा ५ प्रतिशतसम्म छुट पाउने
सिटिजन्स बैंकका ग्राहकहरुले न्यूरोडको रन्जना सिनेप्लेक्समा ५ प्रतिशतसम्म छुट पाउने

काठमाडौं। सिटिजन्स बैंकका ग्राहकहरुले न्यूरोडको रन्जना सिनेप्लेक्समा छुट पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

बैंकका कार्डवाहक ग्राहकहरूले रन्जना सिनेप्लेक्सको टिकट खरिदमा ५ प्रतिशतसम्म छुट पाउने भएका हुन्। छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

हस्ताक्षरपछि बैंकका कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले टिकट खरिदमा छुट पाउने बैंकले जनाएको छ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।