BIZMANDU
www.bizmandu.com

शारडा समूहको सेनिटरी प्याड कम्पनी जास्मिन हाइजिनले ७ महिनामा गर्‍यो ५० करोड बढीको व्यापार

२०८० जेठ ९

शारडा समूहको सेनिटरी प्याड कम्पनी जास्मिन हाइजिनले ७ महिनामा गर्‍यो ५० करोड बढीको व्यापार
शारडा समूहको सेनिटरी प्याड कम्पनी जास्मिन हाइजिनले ७ महिनामा गर्‍यो ५० करोड बढीको व्यापार

काठमाडौं। सेफ्टी ब्राण्डको सेनिटरी प्याड उत्पादन गर्ने जास्मिन हाइजिन प्रडक्ट्सले सन् २०२१/२२ को सात महिनामा ५० करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ।

Tata
GBIME
Nepal Life

विराटनगरमा प्लान्ट रहेको कम्पनीसँग वार्षिक ५ करोड थान सेनिटरी प्याड, ४ करोड ५० लाख थान डाइपर र ६० लाख थान मास्क उत्पादन गर्न सक्ने क्षमता छ।

सन् २००४ मा जास्मिन हाइजिन प्रडक्ट्स प्रालिको नाममा साझेदारी कम्पनीको रुपमा स्थापना भएको थियो। २०२१ डिसेम्बरमा भने कम्पनी प्राइभेटमा रुपान्तरण भएको थियो।

शारडा समूहको लगानी रहेको यो कम्पनीले चीनबाट अधिकांश कच्चा पदार्थ आयात गर्छ।

कम्पनीले ६२ करोड ९० लाख रुपैयाँको बैंकिङ कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ गराएको छ। २ करोड ६४ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि कम्पनीले एनपी डबल बी माइनस र ६० करोड २५ लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पाएको छ। कम्पनीको प्रबन्ध निर्देशक पुनित शारडा हुन्।