BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंक र सनराइज बैंक बराबरी हैसियतमा गाभिने, सीइओमा अजय शाह, सुमन शर्मा बाहिरिने

२०८० जेठ ८

लक्ष्मी बैंक र सनराइज बैंक बराबरी हैसियतमा गाभिने, सीइओमा अजय शाह, सुमन शर्मा बाहिरिने
लक्ष्मी बैंक र सनराइज बैंक बराबरी हैसियतमा गाभिने, सीइओमा अजय शाह, सुमन शर्मा बाहिरिने

काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंक बराबरी हैसियतमा गाभिने भएका छन्। सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांक (डीडीए) प्रतिवेदन आएपछि दुबै बराबरी हैसियतमा गाभिने टुङ्गो भएको हो।

Tata
GBIME
Nepal Life

डीडीए प्रतिवेदनमा सनराइजको १०० रुपैयाँ बराबर लक्ष्मीको ९८ रुपैयाँ कायम भएको स्रोतको भनाइ छ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी लक्ष्मी बैंकका अजयबिक्रम शाह हुने छन्। सञ्चालक समितिमा लक्ष्मीबाट तीन र सनराइजबाट अर्को तीन जना प्रतिनिधित्व हुने छन्। एक  जना स्वतन्त्र सञ्चालक लक्ष्मी बैंक पक्षले नियुक्त गर्ने छ।

मर्जरको मिति तय भएपछि सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बाहिरिने छन्। बैंकले कर्मचारी मिलानका लागि स्वेच्छिक अवकाश योजना पनि ल्याउने छ।

सञ्चालक समितिमा सनराइज बैंक पक्षबाट मोतिलाल दुगड, मालचन्द दुगड र बच्छराज तातेड हुने छन्। लक्ष्मी बैंकबाट रमण नेपाल, स्वाति रुङ्गटा र मनिष थापा हुने छन्।