BIZMANDU
www.bizmandu.com

चार महिनामै बन्यो बेलिब्रिज, अवरुद्ध भएको सिधा यातायात सेवा सञ्चालन गरिँदै

२०८० जेठ ८

चार महिनामै बन्यो बेलिब्रिज, अवरुद्ध भएको सिधा यातायात सेवा सञ्चालन गरिँदै
चार महिनामै बन्यो बेलिब्रिज, अवरुद्ध भएको सिधा यातायात सेवा सञ्चालन गरिँदै


पर्वत। पर्वतको जलजला गाउँपालिकालाई छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारसँग जोड्ने गरी कालीगण्डकी नदीमाथि निर्माण गरिएको बेलिब्रिज चार महिनामै तयार भएको छ।

Tata
GBIME
NLIC

जलजला गाउँपालिका-२ र ३ मा पर्ने बगरफाँटलाई बेनीबजारसँग जोड्न पुल निर्माण गरिएको हो।

कालीगण्डकी नदीले सडक कटान गरेपछि बगरफाँट बस्ती दुई वर्षदेखि सडक सुविधाबाट वञ्चित हुँदै आएको थियो। गत फागुन अन्तिम सातादेखि निर्माण सुरु भएकामा कालीगण्डकीमाथि ५४ मिटर लामो हुने बेलिब्रिजको जडान वैशाख ५ गतेदेखि सुरु गरिएको थियो।

बेनी-जोमसोम-कोरला सडक आयोजनाले हिमालयन बिल्डर्स कम्पनी बेनीसँग पाँच महिनाभित्र योजना सम्पन्न गर्ने गरी एक करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। 

निर्धारित समयभन्दा एक महिना अगावै पुल निर्माण सम्पन्न भएको निर्माण कम्पनीका सब ओभरसियर सनम शाहीले जानकारी दिए।

सडक सञ्जालबाट विच्छेद हुँदा बगरफाँटका करिब तीन सय घरधुरीले दैनिक उपभोग्य वस्तु भरियालाई रकम तिरर झोलुंगे पुलबाट ल्याउनु पर्दा सामानको मूल्य महँगो पर्ने गरेको स्थानीयबासीको भनाइ थियो। बेलिब्रिज निर्माण भएसँगै सिधा सडक सञ्जालको पहुँच पुगेको बगरफाँटका विज्ञान शर्माले बताए।

बेलिब्रिज निर्माणपछि बगरफाँट हुँदै जलजला-१ बाँसखर्क, वडा ५ लेखफाँट, ६ को शालिजा र वडा २ को माझफाँटमा सिधा यातायात सेवा सञ्चालन हुने भएको छ। रासस