BIZMANDU
www.bizmandu.com

मेगा मर्जरबाट बनेको हिमालयन लाइफको सीइओमा मनोज कर्णलाई प्राधिकरणको स्वीकृति

२०८० जेठ ८

मेगा मर्जरबाट बनेको हिमालयन लाइफको सीइओमा मनोज कर्णलाई प्राधिकरणको स्वीकृति
मेगा मर्जरबाट बनेको हिमालयन लाइफको सीइओमा मनोज कर्णलाई प्राधिकरणको स्वीकृति

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार लाल कर्ण नियुक्त भएका छन्।

Tata
GBIME

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भएर हिमालयन लाइफ बनेको हो। कर्ण स्थापनाकालदेखि युनियन लाइफको प्रमुख कार्यकारी अधिकृत थिए।

बीमा प्राधिकरणले कर्णको नियुक्तिमा समर्थन जनाएको छ। उनलाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको छ।

नियामकको निर्देशनपछि तीन बीमा कम्पनी मर्जर भएर हिमालयन बनेको हो। बीमा क्षेत्रको यो मेगा मर्जर हो।