BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलाको १ लाख १० हजारमा स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो

२०८० जेठ ८

सुनको मूल्य तोलाको १ लाख १० हजारमा स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो
सुनको मूल्य तोलाको १ लाख १० हजारमा स्थिर, चाँदी तोलामा १० रुपैयाँ घट्यो


काठमाडौं। साताको पहिलो दिन बढेको सुनको मूल्य सोमबार स्थिर छ। अन्तर्राष्ट्रिय बजारमा झिनो गिरावट भए पनि स्थानीय बजारमा भने मूल्य घटबढ भएको छैन।

Tata
GBIME
NLIC

आइतबार सुनको कारोबार मूल्य तोलामा ८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको थियो।

चाँदीको मूल्य भने साताको पहिलो दिनका तुलनामा तोलामा १० रुपैयाँले घटेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साताको अन्तिम दिनका तुलनामा १५ रुपैयाँले बढ्दा आइतबार कारोबार मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन १९७६.१५ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २३.७२ डलर छ। आइतबार सुन प्रतिऔंस १९७७.८७ डलर र चाँदी २३.८५ डलर थियो।