BIZMANDU
www.bizmandu.com

दक्षिणपूर्वी एसियाली देश आइफोन निर्माता एप्पलको नयाँ मेगा मार्केट, स्टोर र उत्पादन दुवै बढाउँदै

२०८० जेठ ७

दक्षिणपूर्वी एसियाली देश आइफोन निर्माता एप्पलको नयाँ मेगा मार्केट, स्टोर र उत्पादन दुवै बढाउँदै
दक्षिणपूर्वी एसियाली देश आइफोन निर्माता एप्पलको नयाँ मेगा मार्केट, स्टोर र उत्पादन दुवै बढाउँदै

एप्पलले यसैसाता भियतनाममा अनलाइन स्टोर सञ्चालनमा ल्यायो। यस्तै भारतमा पनि उसले पहिलो हाइ इण्ड स्टोर खोल्यो। यी स्टोरले दक्षिणपूर्वी एसियाली अर्थतन्त्रमा आइफोन निर्माता कम्पनी एप्पलको बढ्दो बिस्तारलाई दर्शाउँछ। यसको अर्थ भारत जस्ता तीव्र विस्तार भइरहेका अर्थतन्त्रहरुमा एप्पलले आफ्नो बजार हिस्सा बढाउन मेहनत गरिरहेको छ।

Tata
GBIME
Nepal Life

भियतनाम, भारत र इन्डोनेशियाजस्ता बजारहरु एप्पलको बिस्तारका लागि अझ महत्त्वपूर्ण मानिन्छ। करिब दशक यता चीन एप्पलको केन्द्र मानिन्थ्यो। विश्वकै सबैभन्दा मूल्यवान कम्पनीका रुपमा एप्पलले आफ्नो उत्पादन र र उपभोग बढाउन चीनकै बजार उसको मेरुदण्ड बन्यो।

एप्पलका सीइओ टिम कुकले कम्पनीको नयाँ तथा उदाउँदा बजारहरुमा सम्भावनालाई औल्याउँदै त्यसले कम्पनीको वासलातमा उज्यालो पक्ष देखिएको बताए। कुकले उदाउँदा बजारहरुमा सन् २०२३ को पहिलो तीन महिनाको प्रदर्शन राम्रो रहेको बताए।

एप्पलले मेक्सिको, इन्डोनेशिया, फिलिपिन्स, साउदी अरेबिया, टर्की तथा यूएईका बजारबाट अहिलेसम्मकै राम्रो नतिजा पाएको बताएको छ। मार्च त्रैमासमा ब्राजिल, मलेसिया र भारतको पनि व्यापार राम्रो छ। विश्वभरको समग्र व्यापार वृद्धि भने सुस्त देखिएको कारण क्यालिफोर्नियामा मुख्यालय रहेको एप्पलको उदाउँदा बजारहरुमा आक्रामक रुपले अघि बढ्नुपर्ने दबाबमा रहेको देखिन्छ।

एप्पलले आगामी वर्षहरुमा इन्डोनेसिया, मलेसिया र भारत आफ्नो ठूलो बजार हुने बताएको छ। उसले भारतमा पहिलो स्टोर लञ्च गर्नु तथा सीइओ कुकले थप लगानी गर्ने प्रतिक्रिया दिनुले पनि भारतलाई एप्पलले ठूलो बजारका रुपमा हेरेको प्रष्ट हुन्छ।

यसअघि एप्पलले थाइल्याण्ड, सिंगापुर जस्ता बढी विकसित अर्थतन्त्रहरुमा मात्रै भौतिक रुपमै स्टोर संचालन गर्दै आएको थियो। गत महिनासम्म भारतमा पनि अनलाइन स्टोरमात्र संचालनमा थियो।

विश्वकै छैटौं ठूलो स्मार्टफोन बजार मानिएको इन्डोनेशियामा पनि हालसम्म एप्पलको भौतिक स्टोर संचालमा छैन। त्यहाँ एप्पलको बजार हिस्सा पनि असाध्यै सानो अर्थात १ प्रतिशत मात्र रहेको क्यानालिसले जनाएको छ। ‘हामी नयाँ तथा उदाउँदा बजारहरुमा आफ्नो लागि ठूलो अवसर देखिरहेका छौं।’- एप्पलका सीइओ कुकले भनेका छन्।

दक्षिणपूर्वी एसियामा एप्पलले बजार बुलिस बनाइरहँदा उसले त्यस क्षेत्रमा उत्पादनका लागि समेत लगानी बढाउने योजना बनाइरहेको छ। बोस्टन कन्सल्टिङ ग्रुपको एक अध्ययनका अनुसार सन् २०३० सम्म भियतनाम, इन्डोनेशिया तथा फिलिपिन्सजस्ता देशका मध्यम आय वर्गका उपभोक्ताहरुमाझ एप्पलको बजार वार्षिक ५ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

उपभोक्ताको यो बजारलाई ‘नेक्स्ट मेगा मार्केट’को संज्ञा दिँदै फर्मले दक्षिण पूर्वी एसियाका उदाउँदा मध्यम वर्गले नै ती देशको आर्थिक आयामलाई परिवर्तन गर्ने अपेक्षा गरेको छ। यसैलाई एप्पलले आफ्नो लागि ‘स्वर्णिम अवसर’ भनेको छ।