BIZMANDU
www.bizmandu.com

लाभांश वितरणको एजेण्डासहित प्रभु लाइफ इन्स्योरेन्सले आह्वान गर्‍यो साधारणसभा

२०८० जेठ ७

लाभांश वितरणको एजेण्डासहित प्रभु लाइफ इन्स्योरेन्सले आह्वान गर्‍यो साधारणसभा
लाभांश वितरणको एजेण्डासहित प्रभु लाइफ इन्स्योरेन्सले आह्वान गर्‍यो साधारणसभा

काठमाडौं। लाभांश वितरण गर्ने प्रमुख एजेण्डासहित प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ।

Tata
GBIME

कम्पनीले जेठ २६ गते शुक्रबारका लागि सभा आह्वान गरेको हो। सभाबाट कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांशको अन्तिम स्वीकृति पाउने भएको छ।

सो आर्थिक वर्ष लगानीकर्ताहरुलाई चुक्ता पुँजीको ९.८ प्रतिशत बोनस सेयर र ०.५१ प्रतिशतले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको हो।

यस्तै सभामा प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने तथा गाभिन, लेखापरीक्षकको प्रतिवेदन सहितको ७७/७८ को वासलात, नाफानोक्सान, नगद प्रवाह वितरण लगायतका विभिन्न प्रस्तावहरु अनुमोदन गरिदै छ।