BIZMANDU
www.bizmandu.com

दुई वर्षमा ५ लाखलाई रोजगारी दिने सरकारको महत्त्वाकांक्षी घोषणा, निजी क्षेत्रलाई साथ लिने

२०८० जेठ ५

दुई वर्षमा ५ लाखलाई रोजगारी दिने  सरकारको महत्त्वाकांक्षी घोषणा, निजी क्षेत्रलाई साथ लिने
दुई वर्षमा ५ लाखलाई रोजगारी दिने सरकारको महत्त्वाकांक्षी घोषणा, निजी क्षेत्रलाई साथ लिने

काठमाडौं। सरकारले आगामी दुई वर्षमा ५ लाखलाई रोजगारी दिने महत्वाकांक्षी घोषणा गरेको छ। नीति तथा कार्यक्रममा सरकारले ‘युवासँग सरकार, हुने छैन बेरोजगार’ भन्ने नारा अघि बढाएको हो।

Tata
GBIME
Nepal Life

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने बताए।

‘दुई वर्षमा ५ लाख थप आन्तरिक रोजगारी स्थापना गर्न निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने छ,’ उनले भने।