BIZMANDU
www.bizmandu.com

हिमाल दोलखा हाइड्रोको हकप्रद बिक्री जेठ २२ देखि, ऋण र दायित्व भुक्तानी गर्ने

२०८० जेठ ५

हिमाल दोलखा हाइड्रोको हकप्रद बिक्री जेठ २२ देखि, ऋण र दायित्व भुक्तानी गर्ने
हिमाल दोलखा हाइड्रोको हकप्रद बिक्री जेठ २२ देखि, ऋण र दायित्व भुक्तानी गर्ने

काठमाडौं। हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि ७५ प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ। असार १० गतेसम्म आवेदन दिन सकिने जनाएको हो।

Tata
GBIME

कम्पनीले एक बराबर ०.७५ को अनुपातमा हकप्रद जारी गर्दैछ। जसअनुसार प्रत्येक एक कित्ता हुने सेयरधनीले ०.७५ कित्ताका लागि आवेदन पेस गर्न सक्नेछन्। हकप्रद १०० रुपैयाँको अंकित मूल्यमै बिक्री हुन्छ। 

कम्पनीले कायम चुक्ता पुँजीमा हकप्रद थप्दैछ। अहिले हाइड्रोको चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँ छ। यसको ७५ प्रतिशत १ अर्ब २० करोड हकप्रदमार्फत् बिक्री हुनेछ। जसलगत्तै कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ कायम हुनेछ।

कम्पनीले सञ्चालन गरिरहेको ४.५ मेवाको माईखोला साना जलविद्युत आयोजना र ८ मेवाको माईखोला साना क्यासकेड आयोजनाको कर्जा भुक्तानीलाई हकप्रदको रकम उपयोग गर्ने जनाएको छ। कम्पनीले कुल १ अर्ब ६६ करोड रुपैयाँ ऋण लिएको छ।

यसबाहेक १६ करोड ८० लाख को दायित्व पनि भुक्तानी गर्ने र मर्मत सम्भारको ३ करोड १६ लाख रुपैयाँ तिर्ने जनाएको छ।