BIZMANDU
www.bizmandu.com

एनसेलको माई प्लान: आवश्यकता अनुसार ग्राहकले आफैं प्याकेज बनाएर चलाउन मिल्ने

२०८० जेठ ५

एनसेलको माई प्लान: आवश्यकता अनुसार ग्राहकले आफैं प्याकेज बनाएर चलाउन मिल्ने
एनसेलको माई प्लान: आवश्यकता अनुसार ग्राहकले आफैं प्याकेज बनाएर चलाउन मिल्ने


काठमाडौं। एनसेलका ग्राहकले अब आफ्नो आवश्यकता अनुसारको प्लान आफैं बनाएर सस्तोमा सेवाहरु प्रयोग गर्न सक्ने भएका छन्।

Tata
GBIME
Nepal Life

एनसेलले बिहीबार आकर्षक एनसेल माई प्लान संचालनमा ल्याएको छ। प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफैं बनाएर सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

‘ग्राहक आफैंले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा संचालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो। इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेस सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्छन्। माई प्लानमा माई प्लान ५०० र माइ प्लान फ्लेक्सी गरि दुई वटा विकल्पहरु रहेका छन्। ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोल्युम आफैंले तय गरेर आफ्नो प्याक बनाउन सक्छन्,’ एनसेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्ने र माइ प्लान ५०० को कर सहित ५ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

ग्राहकले ५ सय रुपैयाँ बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफैं बनाउन सक्छन्। त्यस्तै फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले ५ सय रुपैयाँभन्दा बढी मुल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरि ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्ने कम्पनीले जनाएको छ।

यसका साथै प्लानमा पाइने सेवाहरुबाहेक माई प्लान लिने ग्राहकले २५ सय मिनेट अननेट टकटाइम र १ हजार वटा अननेट एसएमएस सेवा निःशुल्क पाउने बताइएको छ। यसरी प्राप्त हुने अननेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने एनसेलले जनाएको छ।

माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोल्युम राखी प्याकमा बनाउँछन् त्यसै अनुरुप प्लानको मूल्य तय हुने बताइएको छ। माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २ सय जीबी डेटा, २५ सय मिनेट अननेट, अफ टकटाइम र २५ सय एसएमएसको बण्डल प्याक बनाउन सक्ने कम्पनीले जनाएको छ।

एनसेल एपबाटै सजिलै लिन सकिने यो विशेष सुविधाले कर्पोरेट ग्राहकहरु ठूलो महत्व राख्ने भन्दै एनसेलले ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गएर त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्ने एनसेलको भनाइ छ।

‘उदाहरणको लागि ग्राहकले ३ सय रुपैयाँ बराबरको डेटा, १५० रुपैयाँ बराबरको अफनेट र अननेट कल र ५० रुपैयाँ बराबरको एसएमएस सेवासहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन्। यो प्याक ३० दिनको समय चक्रमा संचालन हुने हुँदा आउट गोइङ सेवामा अवरोध नआओस् भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नुपर्दछ।

३० दिनको समयअघि नै माई प्लानका सेवाहरुको प्रयोग गरि सकिएको अवस्थामा ग्राहकले पेएजयुगो अन्तर्गत विद्यमान शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्छन्,’ विज्ञप्तिमा उल्लेख छ।