BIZMANDU
www.bizmandu.com

भगवान कोइरालाको गैरनाफामूलक संस्थालाई हिमालयन बैंकको २० लाख सहयोग

२०८० जेठ ४

भगवान कोइरालाको गैरनाफामूलक संस्थालाई  हिमालयन बैंकको २० लाख सहयोग
भगवान कोइरालाको गैरनाफामूलक संस्थालाई हिमालयन बैंकको २० लाख सहयोग


काठमाडौं। हिमालयन बैंकले बाल अस्पताल निर्माण गर्न प्राडा. भगवान कोइरालाको गैरनाफामूलक संस्थालाई २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो।

Tata
GBIME
NLIC

बैंकका अनुसार बुढानिलकण्ठस्थित काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सो रकम पाएको हो। सो संस्थाका अध्यक्ष डा. कोइराला हुन्।

प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले संस्थालाई सो रकम हस्तान्तरण गरे। संस्थाले बालबच्चाहरुका लागि सुलभ मूल्यमा बाल स्वास्थ्य सेवा प्रदान गर्न सुविधा सम्पन्न अस्पताल निर्माण गर्दैछ।