BIZMANDU
www.bizmandu.com

निर्माण व्यवसायी सुकुन्तलाल हिराचनले बैंकको ऋण तिरेनन्, बैंकले लिलाम प्रक्रिया सुरु गर्ने

२०८० जेठ ४

निर्माण व्यवसायी सुकुन्तलाल हिराचनले बैंकको ऋण तिरेनन्, बैंकले लिलाम प्रक्रिया सुरु गर्ने
निर्माण व्यवसायी सुकुन्तलाल हिराचनले बैंकको ऋण तिरेनन्, बैंकले लिलाम प्रक्रिया सुरु गर्ने


काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष सुकुन्तलाल हिराचनले ऋण तिर्न छाडेपछि बैंकले ताकेता गरेको छ। महासंघको दुई कार्यकाल अध्यक्ष भएका उनलाई प्रभु बैंकले ३५ दिनभित्र ऋण भुक्तानी गर्न भनेको छ।

Tata
GBIME

हिराचन नेपाल उद्योग वाणिज्य महासंघको गत चुनावमा वस्तुगत तर्फ उपाध्यक्षको उम्मेदवार थिए। उनी निर्वाचनमा फराकिलो मतान्तरले पराजित भएका थिए। त्यसअघि उनी महासंघको कोषाध्यक्षसमेत थिए।

प्रभु बैंकले बिहीबार एक सूचना जारी गर्दै ऋण तिर्न आउन भनेको हो। उनले युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालिका नाममा ऋण चलाएका थिए। 

उनले मीनकुमारी कार्कीको नाममा रहेको काठमाडौं ७ स्थित घरजग्गा धितो राखेर ऋण लिएका थिए। पोखराको जग्गा पनि धितोमा राखिएको थियो भने युनाइटेड बिल्डर्सको स्टक तथा चालु सम्पतिहरु पनि धितोमा छन्। उनले ऋण नतिरे बैंकले लिलाम प्रक्रिया सुरु गर्ने छ।