काठमाडौं। दोलखास्थित कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्न स्वीकृति पाएको छ।
नेपाल धितोपत्र बोर्डले जेठ २ गते कम्पनीलाई आइपीओ निष्कासन गर्न अन्तिम स्वीकृति दिएको हो।
बोर्डले कम्पनीलाई २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ६७५ कित्ता सेयर जारी गर्ने स्वीकृति प्रदान गरेको हो।
आइपीओ निष्कासनका लागि बोर्डबाट अन्तिम स्वीकृति पाइसकेको यस कम्पनीले छिट्टै सेयर जारी गर्ने जनाएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। यस कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ८० प्रतिशत रहेको छ। अर्थात कम्पनीले सर्वसाधारणमा जारी पुँजीको २० प्रतिशत सेयर ल्याउनेछ।
कम्पनीले उक्त सेयर पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयका लागि र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन तथा बिक्री गर्ने छ। त्यसपछि मात्र सर्वसाधारणमा साधारण सेयर निष्कासन तथा बिक्री खुलाउने जनाएको छ।