BIZMANDU
www.bizmandu.com

‍औद्योगिक क्षेत्रमा अझै पाँच वर्ष लोडसेडिङ, प्रसारणलाइन देखाएर विद्युत प्राधिकरण उम्कदै

२०८० जेठ ३

‍औद्योगिक क्षेत्रमा अझै पाँच वर्ष  लोडसेडिङ, प्रसारणलाइन देखाएर विद्युत प्राधिकरण उम्कदै
‍औद्योगिक क्षेत्रमा अझै पाँच वर्ष लोडसेडिङ, प्रसारणलाइन देखाएर विद्युत प्राधिकरण उम्कदै


काठमाडौं। भारतले बाटो दिए नेपाल अब बंगलादेशलाई बिजुली बेच्न तयार छ। सरकार र नेपाल विद्युत प्राधिकरणका उच्च पदाधिकारी त्यसैका लागि यो साता बंगलादेशमा छन्। तर, मुलुकको औद्योगिक क्षेत्रले सुक्खायाम (हिउँद)मा अझै चार/पाँच वर्ष लोडसेडिङ भोग्नुपर्ने देखिएको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग लोडसेडिङ हटाउने कुनै योजना छैन। गाहर्स्थ क्षेत्रमा लोडसेडिङ नगर्ने तर औद्योगिक क्षेत्रप्रति वेवास्ता गर्ने काम उनले गरिरहेका छन्।

वर्षामा छेलोखेलो हुने बिजुलीको उत्पादनले सुक्खायाममा माग धान्दैन। हिउँदमा माग धान्न प्राधिकरण भारतबाट बिजुली आयात गर्छ तर उद्योगलाई दिँदैन। नदिनुको कारण प्रसारणलाइन नै नभएको जिकिर प्राधिकरणको छ।

अहिले जडित क्षमता करिब २७०० मेगावाट पुगेको छ। तर, हिउँदमा उत्पादन ७० प्रतिशतसम्म घट्छ। निजी क्षेत्र र सरकारको गरी करिब ८०० मेगावाट मात्रै उत्पादन छ। पीक डिमाण्ड १७५० मेगावाट आसपास छ।

भारतबाट आयात गरे पनि उद्योगसम्म पुर्‍याउन प्रसारणलाइनको समस्या रहेकाले औद्योगिक क्षेत्रले समस्या खेप्नु परेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए। ‘प्रसारणलाइन निर्माणाधीन छन्। हामीले भारतबाट बिजुली ल्याए पनि पर्याप्त प्रसारणलाइन नबनेसम्म यो समस्या समाधान हुँदैन,’ उनले भने। प्रसारणलाइन नबने चार/पाँच वर्षसम्म पनि यस्तै समस्या भोगिरहनुपर्ने उनले बताए।

प्राधिकरणका अनुसार अहिले जडित क्षमता करिब २७०० मेगावाट पुगेको छ। तर हिउँदमा उत्पादन ७० प्रतिशतसम्म घट्छ। अहिले निजी क्षेत्र र सरकारको गरी करिब ८०० मेगावाट मात्रै उत्पादन छ। पीक डिमाण्ड १७५० मेगावाट आसपास छ।

उक्त मागलाई पुरा गर्न भारतबाट दैनिक करिब ४६० मेगावाट विद्युत आयात भइरहेको छ। आयात हुँदा समेत माग पुरा हुन नसक्दा विहान र बेलुकी पीक आवरमा प्राधिकरणले लाइन काट्ने गरेको छ।

भट्टराईले विहान र बेलुकीको समयमा केही घण्टा प्रसारणलाइनका कारण बिजुली पुर्‍याउन नसकिएको बताए। ‘लोडसेडिङ छैन। १८ घण्टासम्म उहाँहरुलाई बिजुली दिएकै छौं। पीक आवरमा प्रसारणलाइनका कारण केही घण्टा समस्या छ,’ उनले भने।

ढल्केबरसम्म ८०० मेगावाटसम्म विद्युत आयात गर्न सकिन्छ। तर, त्यहाँबाट औद्योगिक करिडोरसम्म पुर्‍याउनका लागि १३२ केभी क्षमताका २ वटा मात्रै प्रसारणलाइन छन्। जसले २५० मेगावाटभन्दा बढी बिजुली प्रसारण गर्न सक्दैन। सोही कारण औद्योगिक क्षेत्रमा कटौती गर्नुपरेको उनले बताए।

औद्योगिक करिडोरसम्म बिजुली पुर्‍याउन ४०० केभीका प्रसारणलाइन निर्माण भइरहेको भट्टराईले बताए। ‘त्यो तयार भएपछि समस्या हुँदैन। प्रसारणलाइन कहिले बन्छ त्यसमा निर्भर हुन्छ,’ उनले भने,’ अब प्रसारणलाइन विद्युत प्राधिकरणले मात्रै बनाउन नसक्ने भइसक्यो।’

प्राधिकरणले सन् २०२५ अर्थात आगामी दुई वर्षमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ। तर १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना बाहेक कुनै जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा जान सकेको छैन।

विद्युत प्राधिकरणले सन् २०२५ अर्थात आगामी दुई वर्षमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ। तर १४० मेगावाटको तनहुँ जलविद्युत आयोजना बाहेक कुनै जलाशययुक्त जलविद्युत आयोजना निर्माणमा जान सकेको छैन। ठुला जलाशययुक्त जलविद्युत आयोजना निर्माण नभएसम्म हिउँदमा मुलुक ऊर्जाका लागि आत्मनिर्भर हुन चुनौतीपूर्ण छ।

अहिले कुलेखानी (१०० मेगावाट) बाहेक जलाशययुक्त जलविद्युत आयोजना छैन। अधिकांश नदी प्रवाहमा आधारित आयोजना छन्। त्यस्ता प्रकृतिका आयोजनाको उत्पादन सुक्खायाममा ३० देखि ३२ प्रतिशतसम्म घट्छ। सोही आन्तरिक उत्पादनले हिउँदको माग धान्न सक्दैन। १० वर्षका यताकै सबैभन्दा लामो खडेरी लागेका कारण यो वर्ष हिउँदको उत्पादन धेरै घटेको हो। जसका कारण प्राधिकरणलाई व्यवस्थापन गर्न मुस्किल परेको छ।

अहिले विद्युत प्राधिकरणले भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्जबाट बिजुली किनिरहेको छ। प्रतिस्पर्धी बजारमा माग र आपूर्तिले मूल्य तय गर्छ। भोलिका लागि बिजुली किन्न आजै बिड गर्नुपर्छ। अहिले इण्डियन इनर्जी एक्सचेन्जमा औसत करिब ५ रुपैयाँ भारु (नेरु ८ रुपैयाँ) प्रतियुनिट मूल्य पर्छ। पीक आवरको औसत मूल्य भने ६.७५ रुपैयाँ भारु (नेरु १०.८) छ।

भारतबाट दैनिक करिब ४६० मेगावाट विद्युत आयात भइरहेको छ। आयात हुँदा समेत माग पुरा हुन नसक्दा विहान र बेलुकी पीक आवरमा प्राधिकरणले लाइन काट्ने गरेको छ।

hydro

प्राधिकरणले नेपाली निजी क्षेत्रसँग बर्खामा ४.८० रुपैयाँ र हिउँदमा ८.४० रुपैयाँमा खरिद गर्छ। भारतबाट पीक आवर महँगो परेको भन्दै कम खरिद गरेर उद्योगको बिजुली कटौती गर्ने गरेको एक उद्योगीले बताए।

उद्योगीहरुले भने विद्युत प्राधिकरणको असक्षमताका कारण लोडसेडिङ भोगिरहनु परेको बताउदै आएका छन्। उनीहरुले मुलुक लोडसेडिङमुक्त भएको भने पनि दैनिक उद्योगहरुमा ८/९ घण्टासम्म बिजुली कटौती हुने गरेको बताएका छन्।