काठमाडौं। मर्जरपछि एकीकृत कारोबार सुरु गरेका सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाका लागि सेयरधनीहरुलाई डाकेको छ।
कम्पनी संचालक समितिको मंगलबार भएको बैठकले पाँचौं वार्षिक साधारणसभाको मिति तय गरेको हो। कम्पनीको सभा जेठ ३२ गते कालिकास्थानमा हुने भएको छ।
सभाले साबिक सानिमा जनरल र जनरल इन्स्योरेन्सको लेखापरीक्षण प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ असार मसान्तको वासलात, २०७८ साउनदेखि गत असारसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूची र वित्तीय विवरण छलफल गरी पारित गर्ने छ।
कम्पनी ऐन अनुसार आर्थिक वर्ष २०७९/८० का लागि बाह्य लेखापरीक्षकको नियुक्ति गरी पारिश्रिक निर्धारण गर्ने प्रस्तावमाथि पनि छलफल गरिने उल्लेख छ।
साधारणसभाले संस्थापक सेयरधनीहरुको तर्फबाट तीन र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना संचालकहरुको निर्वाचन गर्ने समेत कम्पनीले जनाएको छ। यसैगरी साधारणसभाका लागि आगामी जेठ १२ गते बुक क्लोज गरिने भएको छ।