BIZMANDU
www.bizmandu.com

लामा रुटमा संचालन हुने सवारीसाधनको भाडा घट्यो, कहाँ जान कति लाग्छ?

२०८० जेठ ३

लामा रुटमा संचालन हुने सवारीसाधनको भाडा घट्यो, कहाँ जान कति लाग्छ?
लामा रुटमा संचालन हुने सवारीसाधनको भाडा घट्यो, कहाँ जान कति लाग्छ?

काठमाडौं। सरकारले अन्तरप्रदेश संचालन हुने यात्रुवाहक सवारीसाधनको भाडादर ३.२० प्रतिशतले घटाएको छ।

Tata
GBIME

नेपाल आयल निगमले डिजेलको भाउ प्रति लिटर १० रुपैयाँका दरले घटाएसँगै सार्वजनिक सवारीसाधनको स्वचालित रुपमा भाडादर समायोजन गरिएको हो। पहाडी बाटोमा संचालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा संचालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटेको छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा समायोजन गर्नुपर्छ। २०७८ सालमाा वैज्ञानिक भाडादर समायोजन प्रणाली अनुसार स्वचालित रुपमा भाडादर समायोजन हुने व्यवस्था गरिएको छ।

पछिल्लो पटक गत असार २० गते १७२ रुपैयाँ प्रतिलिटर डिजेलको मूल्य थियो। २०८० जेठमा २ मा १७ रुपैयाँ घटी १५५ रुपैयाँमा कायम भएको छ। यो १७२ रुपैयाँको तुलनामा ९.८८ प्रतिशत घटी छ।

बुधबारदेखि लागु हुने गरि दुई वा दुईभन्दा बढी प्रदेश भई (राष्ट्रिय रुटमा) संचालन हुने सार्वजनिक यातायाको भाडा समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ।

कहाँ जान कति लाग्छ ?