BIZMANDU
www.bizmandu.com

एनआईसी एसियाको साढे ३ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा, प्रति कित्ता ३६५ रुपैयाँ

२०८० जेठ २

एनआईसी एसियाको साढे ३ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा, प्रति कित्ता ३६५ रुपैयाँ
एनआईसी एसियाको साढे ३ लाख ४५ हजार कित्ता सेयर बिक्रीमा, प्रति कित्ता ३६५ रुपैयाँ


काठमाडौं। एनआईसी एसिया बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। ३ लाख ४५ हजार ६८० कित्ता सेयर बैंकले बोलकबोलमार्फत् लिलाम गर्ने भएको हो।

Tata
GBIME
NLIC

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३६५ रुपैयाँ तय गरेको छ। खरिदमा इच्छुकले सो मूल्यभन्दा कममा बोलपत्र पेस गर्न मिल्दैन। 

त्यस्तै कम्तिमा एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतम सबै खरिद गर्न मिल्छ। मंगलबारदेखि सिलबन्दी बोलपत्र कबुल गर्ने बैंकले जनाएको छ। इच्छुकले जेठ ९ गतेसम्म पेस गरिसक्नुपर्ने छ।

आम व्यक्ति र संस्था जो कोहीले बोलपत्र पेस गर्न सक्नेछ। बैंकले विद्यमान संस्थापकलाई पनि आह्‍वान गरेको हो।