BIZMANDU
www.bizmandu.com

बजेटको भार मौद्रिक नीतिले बोक्दा अर्थतन्त्रमा समस्या: दीपेन्द्रबहादुर क्षेत्री

२०८० जेठ १

बजेटको भार मौद्रिक नीतिले बोक्दा अर्थतन्त्रमा समस्या: दीपेन्द्रबहादुर क्षेत्री
बजेटको भार मौद्रिक नीतिले बोक्दा अर्थतन्त्रमा समस्या: दीपेन्द्रबहादुर क्षेत्री

काठमाडौं। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले किसानउन्मुख नीति लिनु पर्ने बताएका छन्। १४ अर्बभन्दा बढि कृषिमा अनुदान दिँदा पनि उत्पादकत्व नदेखिएको भन्दै उनले साना किसानलाई प्रोत्साहित गर्ने नीति आवश्यक रहेको बताए।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकले राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारको नीति स्थिर नहुँदा कृषि क्षेत्र प्रभावित भएको बताए। उनले राजस्व प्रभावित भएपछि कित्ताकाट खुलाइएको भन्दै असन्तुष्टी ब्यक्त गरे।

उनले बित्त नीतिले केही गर्दैन सबै मौद्रिक नीतिले गर्छ भन्ने भाष्य स्थापित गरिने प्रयास भइरहेको भन्दै असहमति ब्यक्त गरे। विगतमा राष्ट्र बैंकले बित्त नीतिको भार बोक्न खोज्दा अर्थतन्त्रमा समस्या देखिएको भन्दै त्यसलाई सुधार गर्दा समस्या देखिन थालेको बताए।

उनले पछिल्लो समय राष्ट्र बैंकले सजगतापूर्वक खुकुलो मौद्रिक नीति भनेर चलाखी गर्ने काम भइरहेको भन्दै अर्थतन्त्रको समस्या हल गर्ने निकाय अर्थमन्त्रालय हुनु पर्ने बताए। सबैले मौद्रिक नीतिलाई महत्व दिँदा बहश गलत दिशातिर केन्द्रित भएको बताए।

राष्ट्र बैंकका पूर्व गभर्नरसमेत रहेका क्षेत्रीले आफ्नो कर्मचारीलाई नेपाली उत्पादनका पोशाक लगाउने ब्यवस्था मिलाउन आग्रह गरे। नेपाली उत्पादनलाई महत्व नदिँदा आयात बढेर गएको बताए।