BIZMANDU
www.bizmandu.com

बजेटको मुखमा संसदलाई प्रभावकारी बनाउने भन्दै शीर्षस्थ नेताहरुको बैठक

२०८० बैशाख ३१

बजेटको मुखमा संसदलाई प्रभावकारी बनाउने भन्दै शीर्षस्थ नेताहरुको बैठक
बजेटको मुखमा संसदलाई प्रभावकारी बनाउने भन्दै शीर्षस्थ नेताहरुको बैठक

काठमाडौं। प्रधानमन्त्रीको आह्‍वानमा संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरू बीच छलफल भएको छ।

Tata
GBIME
Nepal Life

आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा जारी संसद् अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्ने लगायतका विषयमा छलफल भएको थियो।

‘निकै सकारात्मक छलफल भएको छ। संसद्को बजेट अधिवेशन जारी छ, संसद्लाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो,’ पाण्डेले भने, ‘संसद्का विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो। संसद् सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’

बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, एमाले संसदीय दलका नेता केपी शर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, मुख्य सचेतकहरु माओवादी केन्द्रका हितराज पाण्डे, कांग्रेसका रमेश लेखक, एमाले नेता सुवास नेम्वाङ सहभागी थिए।