BIZMANDU
www.bizmandu.com

हिमालयन डिष्टिलरीको नाफा २७ प्रतिशत साँघुरियो, व्यापार पोहोरभन्दा १२.६३ प्रतिशत कम

२०८० बैशाख ३१

हिमालयन डिष्टिलरीको नाफा २७ प्रतिशत साँघुरियो, व्यापार पोहोरभन्दा १२.६३ प्रतिशत कम
हिमालयन डिष्टिलरीको नाफा २७ प्रतिशत साँघुरियो, व्यापार पोहोरभन्दा १२.६३ प्रतिशत कम


काठमाडौं। गोल्डेन ओक ह्‍विस्की उत्पादक हिमालयन डिष्टिलरीको नाफा २६.८६ प्रतिशत साँघुरिएको छ। चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन पोहोर ७८ करोड ८३ लाख रुपैयाँ थियो।

Tata
GBIME
NLIC

बजारमा कम्पनीका उत्पादन नक्कल गर्ने प्रवृत्ति बढेको र जटिल आर्थिक अवस्थाले बिक्री वितरण प्रभावित हुँदा नाफा खुम्चिएको जनाइएको छ। अर्कोपट्टि मदिरा उद्योगको अत्यधिक प्रतिष्पर्धाले व्यापार पोहोरभन्दा १२.६३ प्रतिशत घटेको छ।

कम्पनीले पछिल्लो नौ महिनामा ५ अर्ब १२ करोड रुपैयाँको मदिरा बिक्री गरेको छ। पोहोर यही अवधिमा ५ अर्ब ८६ करोड रुपैयाँको बिक्री गरेको थियो। कम्पनीले ह्‍वाइट लिकर सेग्मेन्टका मदिरा उत्पादन तथा बजारीकरणको गृहकार्य गरिरहेको छ।

कम्पनीको उत्पादन लागत पोहोरभन्दा कम छ। तर, बिक्री वितरणकको लागत महँगिएको देखिन्छ। यस्तो खर्च १ करोड ६९ लाख रुपैयाँले बढेको छ। सँगै गत चैतसम्म ३ लाख ९५ हजार रुपैयाँ मात्रै भुक्तानी गरेको ब्याज २४ लाख ४५ हजार रुपैयाँ नाघेको छ।

चैतसम्म २ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन डिष्टिलरीसँग ८३ करोड ९८ लाख रुपैयाँ अवितरित नाफा छ। यस्तै प्रति सेयर आम्दानी ३१.६५ रुपैयाँमा खुम्चिएको छ। प्रति सेयर नेटवर्थ पनि साँघुरिएर १३४.५७ रुपैयाँ मात्रै कायम छ।