BIZMANDU
www.bizmandu.com

महासंघ अध्यक्ष ढकालको जोड सरकार-निजी क्षेत्र साझेदारी, ‘एक अर्कालाई दोष दिएर प्रगति हुँदैन’

२०८० बैशाख ३०

महासंघ अध्यक्ष ढकालको जोड सरकार-निजी क्षेत्र साझेदारी, ‘एक अर्कालाई दोष दिएर प्रगति हुँदैन’
महासंघ अध्यक्ष ढकालको जोड सरकार-निजी क्षेत्र साझेदारी, ‘एक अर्कालाई दोष दिएर प्रगति हुँदैन’


वीरगंज। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रले आपसी साझेदारी गरी अगाडि बढनु पर्नेमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेश समितिले वीरगंजको होटल लर्डस दियालोमा गरेको महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मान तथा अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्यमा जोड दिए।

Tata
GBIME
NLIC

एक अर्कालाई दोषारोपण गरेर प्रगति नहुने भएकाले सरकारले निजी क्षेत्रसँग मिलेर उद्योग कलकारखाना एवं दक्ष जनशक्तिको उत्पादनमा काम गर्नुपर्ने भनाइ उनले राखे। अन्तर्क्रियामा उद्योगीहरुले उठाएका सवालहरुको जवाफ दिदै अध्यक्ष ढकालले अहिलेको आर्थिक मन्दीलाई कसरी निराकरण गर्न सकिन्छ भन्नेमा महासंघले काम सुरु गरिसकेको बताए।

उनले भने ‘त्यो कुराहरु सरकारले ल्याउने अगामी बजेटमा देख्‍नेगरी नै काम गरिरहेका छौं,’ उनले भने।

सरकारले निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा प्रतिनिधि सभामा पेस भएको विधेयक महासंघको पहलमा फिर्ता भएको बताउँदै उनले उद्योगी व्यवसायीको हकहितका लागि  गम्भीर रहेको बताए।

महासंघले कृषि क्षेत्रमा पनि काम गर्न चाहेको र त्यसका लागि सबै भन्दा उत्तम र सम्भावना बोकेको ठाउँ नै मधेश प्रदेश रहेको ढकालले चर्चा गरे। महासंघले कृषि उद्यम केन्द्र समेत गठन गरेर काम गरिरहेको उनले बताए।

महासंघको प्रदेश र जिल्ला शाखाहरुलाई कसरी सांगठनिक रुपमा मजबुत गर्न सकिन्छ भन्ने दिशामा पनि नयाँ टिमले काम गरिरहेको पनि उनको भनाइ थियो।