BIZMANDU
www.bizmandu.com

रिया मनी ट्रान्स्फरबाट आइएमई पेमा रेमिटेन्स पठाउँदा १०० रुपैयाँ बोनस पाइने

२०८० बैशाख २८

रिया मनी ट्रान्स्फरबाट आइएमई पेमा रेमिटेन्स पठाउँदा १०० रुपैयाँ बोनस पाइने
रिया मनी ट्रान्स्फरबाट आइएमई पेमा रेमिटेन्स पठाउँदा १०० रुपैयाँ बोनस पाइने

काठमाडौं। आइएमई पेले रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा एक सय रुपैयाँ बोनस दिने भएको छ।

Tata
GBIME
Nepal Life

आइएमई पेले वालेटमा रेमिटेन्स दाबी गर्ने ग्राहकहरुलाई ५० रुपैयाँ बोनस दिँदै आएकोमा सो बोनस रकम बढाएर एक सय रुपैयाँ दिने निर्णय गरेको हो।

अब अमेरिका, युरोप, क्यानडा, मलेसिया, कतार, युएई, कुवेत, बहराइन लगायत विश्वको जुनसुकै स्थानबाट रिया मनी ट्रान्सफर लगायत मनी ग्राम, अल अन्सारी, इन्स्ट्यान्ट क्यास, वर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिटेन्सको रकम आइएमई पेमा प्राप्त गर्दा सय रुपैयाँ बोनस दिने कम्पनीले जनाएको छ।