BIZMANDU
www.bizmandu.com

ब्याज अनुदानको ऋण २ खर्ब ५ अर्ब रुपैयाँ लगानी, कृषिमा एक खर्ब ४० अर्ब

२०८० बैशाख २८

ब्याज अनुदानको ऋण २ खर्ब ५ अर्ब रुपैयाँ लगानी, कृषिमा एक खर्ब ४० अर्ब
ब्याज अनुदानको ऋण २ खर्ब ५ अर्ब रुपैयाँ लगानी, कृषिमा एक खर्ब ४० अर्ब

काठमाडौं। सरकारको ब्याज अनुदानमा चलेको सहुलियतपूर्ण कर्जा २ खर्ब ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यो ऋणीले भुक्तानी गर्न बाँकी रकम हो।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार, चैत मसान्तसम्म एक लाख ४७ हजार ८०७ जना ऋणीले यो रकम लगेका छन्।

सरकारले ५ प्रतिशतसम्म ब्याज अनुदान दिएर बैंक तथा वित्तीय संस्थामार्फत ऋण प्रवाह गरिरहेको छ।

कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६१ हजार २ सय ऋणीले पैसा चलाएका छन्। उनीहरुले एक खर्ब ३९ अर्ब ६५ करोड ऋण चलाएका हुन्।

महिला उद्यमशील कर्जाअन्तर्गत ८३ हजार ७५१ जनाले ऋण लिएका छन्। उनीहरुले ६२ अर्ब २८ करोड चलाएको राष्ट्र बैंकले जनाएको छ।

सहुलियतपूर्ण कर्जाको अन्य शिर्षक अन्तर्गत २ हजार ८५६ जनाले अर्को तीन अर्ब १८ करोड रुपैयाँ ऋण चलाएका छन्।

यसबाहेक कोभिडपछि सरकारले चलाएको व्यावसायिक निरन्तरता कर्जाअन्तर्गत ६५ करोड ८७ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ।